छापा खबर


पत्रकार पनि यौनकाण्डमा पक्राउ, रुपन्देहीमा भयो यस्तो रमिता

पत्रकार पनि यौनकाण्डमा पक्राउ, रुपन्देहीमा भयो यस्तो रमिता

नेपालखबर
माघ १५, २०७६ बुधबार ४:२४,

साथी-साथी मिलेर रमाइलो गर्ने सल्लाह, तर अप्ठेरोमा परेपछि एउटा खोरमा, बाँकी सबै फरार। यसरी खबर बटुल्ने पत्रकारहरू नै खबर बनेका छन्।

अहिले जिल्ला अदालत रूपन्देहीको आदेशले पक्राउ गर्न खोज्दा फरार भएकी पत्रकार रिया भन्ने राधा बस्नेत र प्रकाश न्यौपाने लुक्दै हिँडेका हुन्। तर यही कसुरमा पोलिएका अर्का पत्रकार शिवलाल सुवेदी भने जिल्ला कारागार भैरहवामा कैद छन्।

आफूलाई यौन दुव्र्यवहार भयो भनी जाहेरी दिने मगर समुदायकी १७ वर्षीया युवती पनि पेसाले प्रशिक्षार्थी पत्रकार नै हुन्। प्रहरीका अनुसार शिवलालका लागि भनेर रिया र प्रकाशले एफएममा बाल कार्यक्रम चलाउने सोझी सञ्चारकर्मीलाई कोठाभित्र थुने।

मदिराले मत्थु भएको अवस्थामा शिवले पार्वती (नाम परिवर्तन)को शरीरका संवेदनशील अंगमा हात पुर्‍याए।

पार्वतीले बयानमा भनेकी छन्, ‘रिया दिदीले घात गर्नुभयो, मलाई रुममा छाडी बाहिरबाट लक लगाएर, पत्रकारसँग छोडी जानुभयो।’

मंसिर १ गते आयोजित लुम्बिनी न्युज फेस्टिभलका क्रममा पत्रकारबीच यस्तो रमिता चलेको हो।

शिवबाट पीडित पार्वतीले दिएको बयानअनुसार रिया बस्नेतसँग उनको चिनजान पत्रकारिता पेसाकै क्रममा भएको हो। यो खबर आज माघ १५ गतेको जनआस्थाले छापेको छ।

उनले न्युज फेस्टिभलमा साथी हिँड भनी बुटवलबाट लगेकी थिइन्। 

बेलुकी रियाले आफू बसेको बुद्ध इन्टरनेसनल होटलमा लगिन्। पहिला रिया र पार्वती एउटै कोठामा बस्ने सहमति बनेको थियो। तर त्यो कोठामा प्रकाश र शिव छिरेपछि रिया प्रकाशलाई लिएर अन्यत्र गइन्। र, बाहिरबाट ढोका लक गरिदिइन्।

शिवले बियर पिए, पार्वतीले अल्कोहलरहित एप्पल साइडर पिइन्। पार्वतीले शिवलाई ‘हजुर आफ्नो रुममा जानुस्’ भनेकी थिइन्। तर शिव त्यही कोठामा बसे।

शिवले पार्वतीको छाती समात्न थाले। उनले प्रतिवाद गरिन्, शिवले पार्वतीको मुखमा आफ्नो मुख जोडे, कपडासमेत खोल्न खोजे। यसपछि अत्तालिएकी पार्वती झ्यालबाट भाग्न सफल भइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad