समाज


सांसद यादवको जानकी अस्पतालमा २९ बिरामीको निःशुल्क अप्रेसन

सांसद यादवको जानकी अस्पतालमा २९ बिरामीको निःशुल्क अप्रेसन

शैलेन्द्र महतो
माघ १५, २०७६ बुधबार ५:१२,

जनकपुरस्थित जानकी हेल्थकेयर एन्ड टिचङ हस्पिटलमा २९ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ।

नेपाली सेनाले गत मंसिरमा महोत्तरीमा सञ्चालन गरेको बृहत् स्वास्थ्य शिविरमा शल्यक्रिया हुन बाँकी बिरामीको अहिले निःशुल्क शल्यक्रिया गरिएको हो।

विभिन्न प्रकृतिका २९ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको समाजवादीका संघीय सांसद समेत रहेका निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले जानकारी दिए।

जानकी हेल्थकेयर एन्ड टिचङ हस्पिटल सांसद यादवकै स्वामित्वमा सञ्चालन भइरहेको छ।

उनका अनुसार हरनियाका १२ जना, पित्त थैलीको १० जना, हाइड्रोसिलका २ जना, पाठेघरका २ जना, मासु पलाएको २ जना र स्तनका १ जना बिरामी गरी २९ बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको हो।

कलेजो प्रत्यारोपण विशेषज्ञ डा जयन्त साह, सर्जन डा विनय झा, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा रामजी यादव, दाँत रोग विशेषज्ञ डा सज्जन ठाकुर र क्यान्सर रोग विशेषज्ञ डा सौरभ कर्णलगायतको चिकित्सक टोलीले शल्यक्रिया गरेको हस्पिटल प्रशासनले जनाएको छ। शल्यक्रियाका साथै औषधि समेत निःशुल्क प्रदान गरिएको छ।

महोत्तरी क्षेत्र नं ४ का प्रतिनिधिसभा सांसद यादवको संसदीय विकास कोषलगायत स्थानीय तहको सहयोगमा नेपाली सेनाले गत मंसिर २७ गतेदेखि १० दिनसम्म महोत्तरीको सोनमा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

जसमा समान्यदेखि गम्भीरसम्म विभिन्न रोग भएका ३४ हजार १ सय ७२ जनाको उपचार गरिएको थियो। तीमध्ये ३ सय २९ जनाको शल्यक्रिया गरिएको थियो। झण्डै सय जनाको भने त्यतिबेला शल्यक्रिया हुन पाएको थिएन।

तिनै बिरामीमध्ये पहिलो चरणमा यही माघ १३ र १४ गते २९ बिरामीको शल्यक्रिया गरिएको डा. यादवले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad