ad ad

राजनीति


कांग्रेसलाई एकतावद्ध बनाउन नसके इतिहासले सराप्छ : आरजु राणा

कांग्रेसलाई एकतावद्ध बनाउन नसके इतिहासले सराप्छ : आरजु राणा

नेपालखबर
असोज २६, २०८० शुक्रबार १८:४७, काठमाडौँ

नेपाली कांग्रेसकी नेतृ आरजु राणा नेपाली कांग्रस पार्टीलाई एकतावद्ध गरेर लान नसके एतिहासले सराप्ने बताएकी छिन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ राणाले अहिलेको अवस्थामा नेपाली कांग्रेसलाई सबै मिलेर एकतावद्ध बनाएर लैजान नसके एतिहासले सराप्ने बताएका हुन्। 

उनले नेपाली कांग्रेस पार्टीका अग्रज नेताहरुले बोल्नसम्म नसक्ने अफ्ठ्यारो अवस्थाबाट लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको भन्दै विगतको विरासतलाई अहिलेका नेताहरुले कायम राख्न सक्नुपर्ने बताइन्। उनले नेपाली काँग्रेसलाई एकतावद्ध बनाएर लैजान नसके अहिलेको पुस्तालाई गाली स्वर्गीय महान नेताहरूको आत्माले शान्ति नपाउने बताइन्।

अफ्ठ्यारो अवस्था पार गरी संविधानमा लोकतन्त्र र समाजवादमा विश्वास गरेर बनाएको अहिलेको अवस्थामा समेत दौड्न नसक्नु राम्रो नभएको बताउँदै उनले नेताहरू पार्टी र देश बनाउने भन्दा पनि खाली एउटाले अर्कोलाई ढुङ्गा हानेर समय बिताउने काम भएको बताइन्।

उनले अग्रज नेताहरुले नेपाली कांग्रेसका युवा नेताहरुलाई यस्तो कुरा नसिकाएको बताइन्।

‘हामीले एक सय वर्षको इतिहास हेर्नुपर्छ। अहिले फेसबुकको स्टाट्स हेरेर निर्णय गर्ने बेला भयो र? जे पनि क्षणिक हुन्छ र? इतिहास पनि केही होला? समयको चक्र पनि घुमिरहेको छ। त्यसलाई विचार गरेर हेर्ने हो भने नेपाल काँग्रेस पार्टीले जति एचिपमेन्ट कुन देशमा कुन पार्टीले गरेको छ,’ उनले भनिन्, ‘एकलैटी अचिपमेन्ट। जति पनि यहाँ ठूल–ठूलो उपलब्धी र घटनाहरु भए जन २००७, २०४२, २०४६, २०६०÷६३ र जनयुद्धको खेपाई र संविधान बनाउने काम कुन पार्टीको नेतृत्वमा भयो त? नेपाली कांग्रेसको नेतृत्वमा होइन।’

हेरक कार्यक्रम स्वर्गिय नेताहरूलाई माल्यार्पण गर्छौं। उहाँहरूको एक–एक दिनको किमत कसले लिने? पुराना नेताहरूले परिवार त्याग गरेर देश र पार्टीको लागि काम गर्नुभयो। उहाँहरूलाई हेरेर पनि कसरी धैर्यधारणा गर्ने कसरी मिलेर जाने भन्ने कुरा सिक्नुपर्छ। कालकोठरीमा राख्ने बोल्न नपाउने नजरबन्द गर्ने गाली ठोक्ने समयमा पनि नेताहरूले कसरी पार्टीलाई एकतावद्ध गरेर लैजानु भयो,’ उनले भने, ‘बोल्न पनि गाह्रो थियो। उहाँहरूले सबै कुरा त्याग गरेर देशलाई यहाँसम्म ल्याउनु भएको हो। अहिले हामी दुई सेकेन्डमा शब्दमा चित्त बुझेन भने फेसबुक स्टाटस हालेर गाली गर्ने? त्यो बेलामा आफ्नो पार्टीको बारेमा बोल्न पाउने थिएन।’

‘त्यस्तो समयबाट यहाँसम्म ल्याएको पार्टीलाई अहिले एकतावद्ध गरेर लगेनौं भने इतिहासले हामीलाई सराप्छ। हाम्रो पुस्तालाई गाली गर्छ। के गरौं तिमीहरूले? गाह्रो समय पार गरेर मुलुकमा संविधान बनाएर उहाँसम्म ल्यायौं संविधानमा लोकतन्त्र र समाजवादमा विश्वास गछौं भनेर पनि लेखेका छौं। एउटा स्थान बनाइसक्यौं। त्यसमा अहिले हामीले दौड्न पनि नसक्ने? खाली एउटाले अर्कोलाई ढुङ्गा हान्ने? ढुङ्गा हानेर नै समय बिताउने? अग्रज नेताहरूले सिकाउनु भएको कुरा यही हो। हामीले एक पटक सोचौं। किन हाम्रो देशबाट युवाहरु पलायन भइरहेका छन्,’ उनले भनिन्।

उनले पार्टीमा असन्तुष्टि जनाएर फेसबुकको स्टाट्स हेरेर निर्णय गर्ने बेला नभएको भन्दै पार्टीले इतिहासलाई हेर्नुपर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .