राजनीति


शेखर कोइरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे निर्णय हुन्छ : कांग्रेस

शेखर कोइरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे निर्णय हुन्छ : कांग्रेस

नेपालखबर
असोज २६, २०८० शुक्रबार १९:५, काठमाडौँ

नेपाली कांग्रेसले पार्टीका नेता डा. शेखर कोइरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे निर्णय लिने भएको छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मिन विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेश कांग्रेसकै भागमा परेको र सहमति गरेर आए आफू पछि हट्ने बताएअनुसार नेता कोइरालासँग छलफल गरेर निर्णय लिने बताए। 

बैठकमा सभापति देउवाले नेता कोइरालासँग सहमति जुट्ने नेताको नाम मागेको पनि बताए।

उनले गठबन्धन अघि बढ्ने र गठबन्धनमा पर्नसक्ने सम्भावित अफ्ठ्यारोहरुलाई कसरी सजिलो बनाउने? भन्नेबारेमा बैठकमा छलफल भएको बताए।

उनले गठबन्धन भित्रैबाट सरकार बनाउनका लागि पहल गर्ने निर्णय भएको बताए। २०५१ को अवस्था नै अहिले दाहोरिएको उनले बताए।

‘हामी एक पटक पुनः नेता डा. शेखर कोइरालासँग छलफल गर्छौं। उहाँ आज बैठकमा आउने आउने भनेर आउनु भएन। प्रधानमन्त्रीज्युसँगको छलफलमा हामीले कांग्रेसको भागमै परेकाले तपाईहरु नै नाम भन्नुस् भन्नुभएको छ। हामीले नेता कोईरालालाई सोधेका थियौँ, उहाँले नाम दिनुभएको छैन,’ उनले भने, ‘कोशी प्रदेश सरकार गठनको प्रक्रियालाई हामीले गम्भिरताका साथ लिएका छौँ। यसबाट गठबन्धनमा पर्नसक्ने सम्भावित अफ्ठ्यारोहरुलाई कसरी सजिलो बनाउने? गठबन्धन निरन्तर अघि बढाएर लिएर जाने। कोशी प्रदेशमा पनि गठबन्धन भित्रैबाट सरकार बनाउनका लागि पहल गर्ने, निर्णय भएको छ। २०५१ को अवस्था नै अहिले कताकता दोहोरिएको जस्तो लाग्छ। यसलाई समान्य रुपमा लिन मिल्दैन। भोलि पनि बैठक बस्नेछ। व्यवस्थित रुपमा अघि बढ्नेछ।’

नेता विश्वकर्माले कोशी प्रदेशमा कांग्रेसका नेताहरुले गरेको बिद्रोहलाई सामान्य रुपमा लिन नहुने बताए। 

अर्को बैठक शनिवार पुनः बस्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .