ad ad

राजनीति


एमाले मधेस प्रदेशको पदाधिकारी सर्वसम्मत, केही सदस्यमा दोहोरो दाबी

एमाले मधेस प्रदेशको पदाधिकारी सर्वसम्मत, केही सदस्यमा दोहोरो दाबी

नेपालखबर
असोज २६, २०८० शुक्रबार १७:२६, काठमाडौँ

नेकपा एमालेले मधेस प्रदेशका पाँच पदाधिकारीमा अरुको दाबी नपेपछि सर्वसम्मत चयन भएका छन्। 

एमाले मधेस प्रदेश संसदीय दलका नेता समेत रहेका सरोजकुमार यादवले केन्द्रीय नेताले तयार पारेको सूचीमा अरुको दाबी नपरेपछि सर्वसम्मत भएको जानकारी दिए।

यादवका यादवका अनुसार अध्यक्षमा चन्द्रेश्वर मण्डल, उपाध्यक्ष विचारी यादव सचिव मनोज पौडेल र उपसचिवमा आरके भण्डारी र मोहम्मद क्यास छन्। 

घोषणा भने भोलि मात्र हुने उनले बताए।

अध्यक्षसहित पाँचजनाा पदाधिकारीमा अरुको उम्मेदवारी परेन र सर्वसम्मत हुनुभयो,’ यादवले नेपालखबरसँग भने, ‘सदस्यहरुमध्ये धेरैमा सहमति जुटेपनि केहीमा दोहोरो दाबी भएकोले मिलाउँदैछौँ। सबै सहमति गरेर भोलिमात्र औपचारिक टुंगो लगाउँछौँ।’

एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई लगायतका नेताले पदाधिकारीमा सहमति गराएर सोही नाम मनोनयन गरेका थिए। 

एमालेको पहिलो पटक भएको मधेस प्रदेश अधिवेशन असोज २४ गते उद्घाटन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .