संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युनाइटेड नेसन्स अर्गनाइजेसन स्टेबिलाइजेसन मिसन इन द डेमोक्रेटिक रिपब्लिक अफ द कंगो (मोनुस्को), कंगोमा तैनाथ एक शान्ति सैनिकको निधन भएको छ।
श्री नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौँ डफ्फामा कार्यरत प्युठ भुपजित राईको आज (असोज २६ गते) निधन भएको नेपाली सेनाले जनाएको छ।
खोटाङ जिल्लाको साविक फाक्टाङ्ग गाविस निवासी प्युठ भुपजित राई उक्त गण अन्तर्गत ट्याक्टिकल अपरेसन बेस (टीओबी) जिनामा कार्यरत रहँदा विरामी भई थप उपचारका लागि कंगोको बुनियास्थित मोरक्कन लेभल २ अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको हो।
मृतक प्युठ भुपजितको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाले जनाएको छ।
648
Shares

प्रतिक्रिया