जनता समाजवादी पार्टी, नेपालले आफ्नो पार्टीको आधिकारिक वेबसाइट सार्वजनिक गरेको छ। जसपाले (जेएसपीनेपालडटओरजी) लाई पार्टीको आधिकारिक वेबसाइटको रुपमा अघि सारेको छ।
शुक्रबार दिउँसो केन्द्रीय कार्यालय वालकुमारी ललितपुरमा आयोजित एक समारोहमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले क्लिक गरेर वेबसाइटको औपचारिक उद्घाटन गरेका हुन्।
वेबसाइटको सुरुवात गरेसँगै अध्यक्ष यादवले पार्टीको दस्तावेज र अन्य सम्पूर्ण गतिविधिलाई वेबसाइट मार्फत् डिजिटल प्रविधिमा व्यवस्थापन गर्दा पार्टी पंक्तिसँगै जनता मतदातालाई समेत जसपा नेपाल सम्बन्धी सम्पूर्ण जानकारी पाउन सहज र सरल हुने बताए।
वर्तमान युग सूचना प्रविधिको युग भएकोले पार्टीको सम्पूर्ण दस्तावेजलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न आवश्यक रहेको बताए।
सार्वजनिक गरिएको नयाँ वेबसाइटमा जसपा नेपालको इतिहास, लक्ष्य, उद्देश्यसँगै आधिकारिक दस्तावेज, विभाग तथा जनवर्गीय संगठन, सांगठनिक संरचना लगायत संघ, प्रदेश, जिल्ला र पालिकासम्म पार्टीको महत्वपूर्ण विवरण समावेश गरिएको छ।
पार्टी अध्यक्ष र अन्य शीर्ष नेतृत्वसँग भेटघाटको लागि अनलाइन अनुरोध फारम र विश्वको जुनसुकै कुनाबाट वेबसाइट मार्फत् पार्टीको सदस्यता लिन सकिने व्यवस्था गरिएको छ।
Shares
प्रतिक्रिया