ad ad

राजनीति


देउवाले बोलाए कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक

देउवाले बोलाए कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक

नेपालखबर
असोज २६, २०८० शुक्रबार १५:२५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएका छन्।

शुक्रबार दिउँसो तीन बजे आफ्नै निवास धुम्बाराहीमा बस्नेगरी देउवाले बैठक बोलाएका हुन्।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० असोज २६ गते शुक्रबार दिउँसो ३ः०० बजे सभापति श्री शेरबहादुर देउवाको निजी निवास, धुम्बाराहीमा बस्ने भएको छ’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा भनिएको छ, ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।’

कोशी प्रदेशमा विकसित घटनाक्रमबारे छलफल गनए देउवाले बैठक बोलाएका हुन्।

कोशीमा पार्टीभित्रैको शेखर कोइराला समूहले विद्रोह गरेर मुख्यमन्त्रीको दाबी पेस गरेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निकासको पहलमा लागेका छन्।

आफ्नै पार्टीभित्रबाट विद्रोह गरेर कोइराला पक्षका केदार कार्की एमालेसँग मिलेपछि विकसित राजनीतिलाई थप क्षति हुन नदिन देउवाले आन्तरिक छलफललाई तीव्रता दिएका हुन्।

उनले आफूनिकट नेतासँग कोशीको संकट समाधानबारे छलफल गरिसकेका छन्।

बिहीबार बिहान कांग्रेससहित गठबन्धनका ७ दलले कोशी प्रदेशको मुख्यमन्त्री नेकपा माओवादीलाई दिने औपचारिक निर्णय गरेको थियो।

केन्द्रको सहमतिलगत्तै दिउँसो कोशी प्रदेशमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले गठबन्धनका चार दलका ४७ सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री दाबी पेस गरे।

त्यसको एक घण्टापछि साँझ ६ बजेतिर कोइराला पक्षका केदार कार्कीले कांग्रेसकै ८ र नेकपा एमालेका ३९ गरी ४७ सांसदको हस्ताक्षर पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गरे।

कार्कीको कदमले कांग्रेसमै विभाजन देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .