ad ad

राजनीति


सिंहदरबार अगाडिबाट कृष्ण पहाडीसहित १६ जना मानवअधिकारकर्मी पक्राउ

सिंहदरबार अगाडिबाट कृष्ण पहाडीसहित १६ जना मानवअधिकारकर्मी पक्राउ

फाइल फोटो


नेपालखबर
असोज २६, २०८० शुक्रबार १४:३८, काठमाडौँ

मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार मानवअधिकार तथा शान्ति समाजले सिंहदरबार दक्षिणी गेटअगाडि गरेको विरोध प्रदर्शनबाट समाजका संस्थापक सभापति पहाडी र सभापति रामकृष्ण बरालसहित १६ जना पक्राउ परेका हुन्।

विभिन्न अपराधमा जेल सजाय काटिरहेका व्यक्तिहरूलाई राष्ट्रपतिले दिएको आममाफी विरुद्ध शान्ति समाजले विरोध प्रदर्शन गरेको थियो।

सोही विषयलाई लिएर यसअघि असोज २२ गते समाजले राष्ट्रपति कार्यालय अगाडि पनि विरोध प्रदर्शन गरेको थियो। त्यसक्रममा पनि प्रहरीले पहाडीसहित ११ जनालाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका १४ पुरुष र दुई जना महिला गरी १६ जनालाई नगर प्रहरी कार्यालय भृकुटिमण्डपमा राखिएको प्रहरीले जनाएको छ।

यी हुन् पक्राउ पर्ने व्यक्तिहरू

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .