ad ad

राजनीति


इजरायलका नेपालीको उद्धारका लागि गठित संयन्त्रको बैठक जारी

इजरायलका नेपालीको उद्धारका लागि गठित संयन्त्रको बैठक जारी

पर्यटन मन्त्रालयमा जारी समन्वय संयन्त्रको बैठक


नेपालखबर
असोज २२, २०८० सोमबार १०:९, काठमाडौँ

इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउद संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक मन्त्रालयमा बसिरहेको छ।

सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको हो। 

संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर इजरायलमा रहेका नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण काम गर्ने भनिएको छ।

इजरायलमा रहेका ४ हजार ७ सय ६५ नेपालीमध्ये हमासको हमलामा परी १० जनाको मृत्यु भइसकेको छ। सरकारका अनुसार मृतक सबै विद्यार्थी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .