ad ad

ग्लोबल


हमास–इजरायल द्वन्द्वको आज तेस्रो दिन : कहाँ, कति क्षति?

हमास–इजरायल द्वन्द्वको आज तेस्रो दिन : कहाँ, कति क्षति?

गाजा क्षेत्र


नेपालखबर
असोज २२, २०८० सोमबार ८:४, काठमाडौँ

इजरायल र हमासबीच जारी युद्धको आज तेस्रो दिन हो। बीबीसीको रिपोर्टअनुसार हालसम्म १००० इजरायलीको मृत्यु भइसकेको छ भने २१०० जना घाइते भएका छन्। 

इजरायलबाट गाजामा हवाई आक्रमण जारी छ। यसमा हालसम्म ४१३ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी घाइते भएका छन्।

इजरायलले गाजापट्टीमा हमासका ४२६ वटा स्थान ध्वस्त पारेको छ। योसँगै उसले २९ भन्दा बढी क्षेत्र हमास लडाकुको नियन्त्रणबाट मुक्त गरेको छ। हमासले इजरायलबाट १६३ जनालाई अपहरण गरेको दाबी गरेको छ। जसमा सैनिक, महिला, बालबालिका र वृद्धवृद्धा छन्। 

हमासले उनीहरूलाई गाजापट्टीसँग जोडिएको सुरुङमा राखेको छ। उसले यी बन्धकलाई मानव ढालका रूपमा प्रयोग गर्नेछ, ताकि इजरायलले आक्रमण गर्‍यो भने आफ्नै मानिस मारिनेछन्। 

यसैबीच, अमेरिकाका रक्षा सचिव लोयड अस्टिनले इजरायललाई नौसेना जहाज र लडाकु विमानबाट सहयोग गर्ने कुरा गरेका छन्।

उक्त द्वन्द्वमा परी इजरायलमा रहेका १० नेपालीको पनि निधन भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .