ad ad

राजनीति


राजपाले भन्योः सरकारलाई हाम्रो समर्थन चाहिएको हो भने संविधान संशोधन गर

राजपाले भन्योः सरकारलाई हाम्रो समर्थन चाहिएको हो भने संविधान संशोधन गर

नेपालखबर
माघ १४, २०७६ मंगलबार ८:४८,

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले नागरिकता लगायतका विषयहरूमा संविधान संशोधन गर्न माग गरेका छन्। संघीय प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै संयोजक यादवले सरकारसँग भएको सहमतिबमोजिम संशोधन नभएकोमा असन्तुष्टि जनाएका हुन्।

उनले संविधान अपूर्ण रहेकोले त्यसलाई पूर्णता दिन संशोधन गर्नुपर्ने पार्टीको माग दोहो¥याए। सरकारलाई समर्थन गर्नको लागि आफ्नो पार्टीले अघि सारेको माग र मुद्दाको सुनुवाइ गर्नुपर्ने यादवले बताए।

‘सरकारले हाम्रो माग र मुद्दा सम्बोधन गरोस्, हाम्रा नेतामाथि लगाइएको मुद्दा खारेज गरियोस् अनि समर्थन गर्न गाह्रो छैन’, उनले संसद बैठकमा भने, ‘तर, पटक–पटक भएका सहमति कार्यान्वयन हुनैपर्छ, माग र मुद्दा सम्बोधन हुनुपर्छ।’

बैठकमा बोल्दै यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोमा आपत्ति जनाए। ‘कहाँ छ लाल आयोगको प्रतिवेदन?’, उनले प्रश्न गर्दै भने, ‘लाल आयोगको प्रतिवेदन ६ महिनादेखि सरकारले किन सार्वजनिक नगरेको ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .