ad ad

राजनीति


प्रधानमन्त्रीलाई शेखर कोइरालाको आग्रह– सच्चिनुस्, नभए सरकार छाड्नुस्

प्रधानमन्त्रीलाई शेखर कोइरालाको आग्रह– सच्चिनुस्, नभए सरकार छाड्नुस्

नेपालखबर
असोज २०, २०८० शनिबार १४:२३, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरजिम्मेवार कुरा गर्दै हिँडेको भन्दै अहिलेको सरकार सच्चिनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा नेपाली कांग्रेस गोरखाको शहीद लखन–काठमाडौं गाउँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

‘देश अराजकताबाट गइरहेको छ। भन्न त हुँदैन, देशको प्रधानमन्त्री के भन्नुहुन्छ भने म दुई लाख मान्छे सडकमा उतार्छु भन्नुहुन्छ। उहाँ देशको प्रधानमन्त्री हो कि पार्टीको सभापति हो। सभापति हो भने जे बोलेपनि हुन्छ। देशको प्रधानमन्त्रीले त्यस्तो गैरजिम्मेवार कुरा गर्नुहुन्छ,’ डा. कोइरालाले भने।

प्रधानमन्त्रीको पदमा बसेर बोलिएका अभिव्यक्तिले गोरखाका जनतासहित सिंगो देशका लागि नै दुर्भाग्य भएको उनले टिप्पणी गरेर 

साथै, उनले सच्चिन नसक्ने हो भने सरकार छाड्नुपर्ने पनि बताए। ‘यो सरकार सच्चिनुपर्यो, सच्चिन सक्दैन भने छाड्नुपर्यो। नेपाली कांग्रेसले मात्रै ती अराजकताहरूलाई समाप्त पार्नसक्छ,’ उनले भने।

साथै, उनले विराटनगर पुगेर जातीय राज्य दिन्छु भनेर बोलेकोप्रति पनि असन्तुष्टि जनाए। 

‘विराटनगर पुगेर उहाँले ८४ को चुनावमा माओवादीलाई जिताउ, म जातीय राज्य दिन्छु भन्नुहुन्छ। लाग्छ उहाँको खल्तीबाट जातीय राज्य निकाल्दै दिने हो कि? किन सक्नुभएन उहाँले? पहिलो संविधानसभामा जातीय राज्य दिन?,’ कोइरालाको प्रश्न थियो।

नेपालमा कुनैपनि जातजातिको बाहुल्यता नभएको जिकिर गर्दै उनले प्रधानमन्त्रीबाट आएका वक्ता दुर्भाग्यपूर्ण भएको बताए। ‘नेपालमा कुनैपनि जातजातिको बाहुल्यता यो देशमा छैन, त्यसकारण जातीय राज्य दिन सकिँदैन भनेको हो नि। यस्तो वक्तव्य प्रधानमन्त्रीबाट आउनु भनेको दुर्भाग्य हो,’ कोइरालाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .