ad ad

ग्लोबल


हमास लडाकु इजरायलभित्र छिरे, गाजामा जवाफी हवाई आक्रमण

हमास लडाकु इजरायलभित्र छिरे, गाजामा जवाफी हवाई आक्रमण

नेपालखबर
असोज २०, २०८० शनिबार १४:२८,

प्यालेस्टाइनी सशस्त्र समूह हमास र इजरायलबीच युद्ध सुरु भएको छ। शनिबार हमासले हजारौँ रकेट प्रहार गर्दै इजरायलविरुद्ध आक्रमण सुरु गरेको छ।

लगत्तै हमासका लडाकुहरु इजरायलभित्र प्रवेश गरेका थिए। उनीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर कयौँको ज्यान लिएको बताइएको छ। 

झण्डै डेढ सय हाराहारी घाइते इजरायलीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जानकारी सञ्चारमाध्यमहरुले दिएका छन्।

हमासका लडाकुले दर्जनौँ इजरायलीलाई बन्दी बनाएको समेत बताइएको छ।

हमासले यो आक्रमणलाई ‘अपरेसन अल अक्स फ्लड’ नाम दिएको छ।

जवाफमा ‘अपरेसन आइरन सोर्ड’ घोषणा गर्दै इजरायलले गाजामा हवाई आक्रमण सुरु गरेको छ। दर्जनौँ लडाकु जेटले बमबारी गरिरहेको बताइएको छ।

हाल सीमाक्षेत्रको ७ स्थानमा लडाइँ चलिरहेको इजरायली सञ्चारमाध्यमले जनाएका छन्। 

इजरायलले हमासले गम्भीर गल्ती गरेको बताएको छ। 

हमासको आक्रमण दशकौँयताको सबैभन्दा ठूलो आक्रमण हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .