ad ad

राजनीति


पौडेल पक्षको मागअनुसार कांग्रेस महाधिवेसन कार्यतालिकामा हेरफेर

पौडेल पक्षको मागअनुसार कांग्रेस महाधिवेसन कार्यतालिकामा हेरफेर

नेपालखबर
माघ १३, २०७६ सोमबार १४:२६,

नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी महाधिवेशनसम्बन्धी कार्यतालिकामा हेरफेर गरेको छ।

‘पार्टी संगठनको अन्तरिम संरचनाको समायोजनपछि क्रियाशील सदस्यता वितरण/नविकरण गरी पार्टीको विधान र नियमावली अनुसारका आवश्यक प्रक्रिया पु¥याई पार्टीका मातहत निकायका अधिवेशन र १४औं महाधिवेशन सम्पन्न गर्नको लागि कार्यतालिका परिमार्जित गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

सो अनुसार पार्टीको अन्तरिम संरचना २०७६ माघ मसान्तभित्र समायोजन गरीसक्ने भनिएको छ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्नका लागि २०७६ फाल्गुण देखि २०७६ चैत्र मसान्तसम्मको अवधि तोकिएको छ।

त्यसैगरि प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि २०७७ वैशाख मसान्तसम्म दिइएको छ।

नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि २०७७ जेष्ठ १५ गतेभित्र तोकिएको छ।

उजुरीमाथि क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले २०७७ जेष्ठ मसान्तभित्र निर्णय गरिसक्नुपर्नेछ ।

क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी÷पुनरावेदन २०७७ असार १५ गतेसम्म दिइसक्नु पर्नेछ।

उजुरी/पुनरावेदनउपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले २०७७ श्रावण १५ गतेभित्र निर्णय गरिसक्नु पर्नेछ।
नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि २०७७ श्रावण २५ गतेसम्म तोकिएको छ।

केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची २०७७ श्रावण मसान्तभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउनु पर्नेछ।
त्यसैगरि गाउँ/नगर वडा अधिवेशन २०७७ कात्तिक १६ गते, गाउँ/नगरपालिका अधिवेशन २०७७ कात्तिक १८, प्रदेश सभा क्षेत्रीय अधिवेशन २०७७ कात्तिक २१, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ कात्तिक २३, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –२०७७ कात्तिक २५ र प्रदेश अधिवेशन– २०७७ मंसिर २९ का लागि तय गरिएको छ।

त्यसपछि केन्द्रीय महाधिवेशन २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं हुने भनि बैठकले निर्णय गरेको छ।

‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (८) (ङ) बमोजिम गठन हुने “क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति” ले गर्ने कार्यसम्पादन गर्नका लागि विधानको धारा २२ (७) बमोजिम सात सदस्यीय क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने । यस समितिले विधानको धारा ४ (८) (घ) र (ङ) बमोजिमको कार्य तोकिए

बमोजिमको अवधिभित्र सम्पन्न गर्नेछ । सभापतिले समितिका संयोजक र सदस्यहरुको मनोनयन आवश्यक परामर्श गरी गर्ने,’ विज्ञप्तिमा भनिएको छ। ‘पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्नका लागि परिमार्जन सहित आज पारित गरिएको उपरोक्त कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका धारा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गरी निर्णय गर्ने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .