ad ad

राजनीति


सभामुखलाई जनार्दनको आग्रह– बोल्दा बोेल्दै मेरो माइक नकाटियोस्, धेरै कुरा भन्नु छ

सभामुखलाई जनार्दनको आग्रह– बोल्दा बोेल्दै मेरो माइक नकाटियोस्, धेरै कुरा भन्नु छ

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार १६:५०, काठमाडौँ

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सभामुख देवराज घिमिरेले सांसदहरूलाई बोल्न दिने समयमा विभेद गर्न नहुने बताएका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो समय लिएर बोलेकोप्रति संकेत गर्दै उनले संसद्मा सांसदहरूलाई बोल्न दिने समयबारे विभेद गर्न नहुने बताए। मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव शर्माले सार्वभौम सांसदहरूले बोल्ने बेलामा माईक काट्ने काम नगर्न पनि सभामुख घिमिरेको ध्यानाकर्षण गराए। 

उनले सबै सांसदहरुले आफ्ना कुरा राख्नुपर्ने भएकाले त्यसमा विभेद गर्न नपाइने पनि बताए।

‘सभामुख महोदय सार्वभौम संसदका म यदी सदस्य हो भने म के कुरा यहाँ आग्रह गर्न चाहन्छु भने मलाई पनि धेरै कुरा बोल्नु छ। मैले पनि धेरै कुरा भन्नु छ। त्यसकारण मेरो माइक नकाटियोस् भन्ने आग्रह गर्न चाहन्छु,’ शर्माले भने, ‘किनभने मैले पनि धेरै कुराहरु दिनुछ यहाँ। मैले पनि भन्न पाउनु पर्छ। मजसता धेरै माननीयज्यूहरुले भन्न पाउनु पर्छ भन्ने कुरा पनि सँगसँगै राख्न पाउँछु। र, यहाँ विभेद हुुनहुँदैन भन्ने कुरा पनि म राख्न चाहन्छु।’

उपमहासचिव शर्माले मुलुकमा जातीय/धार्मिक द्वन्द्व फैल्याउने काम भइरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्नका लागि गम्भिर कदम चाल्न सरकारलाई पनि सचेत गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .