हङकङका पूर्व प्रहरी प्रमुखलाई ठगी आरोपमा २२ महिना जेल सजाय

हङकङका पूर्व प्रहरी प्रमुखलाई ठगी आरोपमा २२ महिना जेल सजाय

नेपालखबर
असोज १६, २०८० मंगलबार १६:५०, हङकङ

हङकङका पूर्व प्रहरी प्रमुख वोङ चि–मिङ ठगीसहित विभिन्न ११ वटा आरोपमा दोषी ठहर भएका छन्।

हाल ट्याक्सी चालकको रूपमा कार्यरत वोङलाई मंगलबारको सुनुवाइ क्रममा वेस्ट काउलुन मजिस्ट्रेट कोर्टले दोषी ठहर गरेको हो।

अदालतले उनलाई २२ महिना जेल सजाय सुनाएको छ।

वोङ तीन वर्षअघिसम्म प्रहरी सेवामा कार्यरत थिए। सेवामा रहँदा उनले मातहतका अधिकारी र उच्च अधिकारीहरूबाट अनधिकृत रूपमा झण्डै साढे चार लाख हङकङ डलर ऋण लिएको आरोप लागेको छ। हङकङ पुलिस क्रेडिट एकाइबाट पनि ऋण लिएको आरोप उनलाई छ।

त्यस्तै, भ्रष्टाचार विरुद्धको स्वतन्त्र आयोग (आईसीएसी) को अनुसन्धानका क्रममा आफ्ना सहकर्मीहरूलाई फोन रेकर्ड मेटाउन र गलत स्टेटमेन्ट बनाउन अनुरोध गरेको आरोपमा उल्लेख छ।

वोङले प्रहरी बलमा ३० वर्षभन्दा बढी सेवा गरेका थिए। यसै सन्दर्भलाई उल्लेख गर्दै न्यायाधीशले निष्ठा र इमान्दारीको महत्वमाथि जोड दिए।

सन् १९८८ मा प्रहरी सेवामा प्रवेश गरेका वोङ यसको २८ वर्षपछि सन् २०१६ मा प्रहरी प्रमुख बनेका थिए।

तीन वर्ष प्रहरी प्रमुखको भूमिकामा रहेका उनी २०१९ मा उमेरहदका कारण सेवानिवृत्त भएका थिए।

यसपछि प्रहरी प्रभागमा पुनः जागिरको लागि आवेदन दिएका उनी सन् २०२२ सम्म करारमा काम गरेका थिए। यसपघि भने उनी ट्याक्सी चलाउन थालेका थिए।

डिमसम दैनिकमा उल्लेख भएअनुसार वोङविरुद्धका अभियोगहरूमा लाभ स्वीकारसम्बन्धी पाँच वटा, लाभ मागेको सम्बन्धमा तीन वटा, न्यायको बाटो बिराएकोमा एउटा, प्रिन्सिपललाई धोका दिने उद्देश्यले कागजात प्रयोग गरेकोमा एउटा र ठगी सम्बन्धमा एउटा छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .