राजनीति


ओलीले गृहमन्त्रीलाई भने : हत्यारा र भ्रष्टलाई जोगाएर कस्तो सुशासन आउँछ

ओलीले गृहमन्त्रीलाई भने : हत्यारा र भ्रष्टलाई जोगाएर कस्तो सुशासन आउँछ

नेपालखबर
असोज १६, २०८० मंगलबार १४:७, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकप एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैली माथि प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्ने क्रममा उनले भ्रष्टाचारी, तस्कर र हत्याराहरुको संरक्षण गर्दै सुशासनको गफ नदिन पनि श्रेष्ठलाई भनेका छन्।

श्रेष्ठले हेटौंडामा पुगेर आइतबार सुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा आफू प्रतिबद्ध भएर लागेको बताएका थिए।

यसलाई लिएर उनले कडा टिप्पणी गर्दै गृहमन्त्री नै भ्रष्टहरुको संरक्षणमा लागेको बताए। सुन तस्करीबारेको आयोग बनाऊँ भन्दा गृहमन्त्री नै विरोधमा उत्रिएको आरोप ओलीले लगाए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad