ad ad

राजनीति


प्रधानमन्त्री र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच बालुवाटारमा भेटवार्ता

नेपालखबर
असोज १६, २०८० मंगलबार ९:२६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ। 

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र अल्ब्राइटबीच भेटवार्ता भएको हो। 

भेटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिको उपस्थिति रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। 

आइतबार साँझ काठमाडौं आइपुगेको अल्ब्राइटसहितको टोलीले सोमबार च्यासल पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो।

आचार्यले प्रधानमन्त्री र अल्ब्राइटसहितको एमसीसी टोलीबीच सिष्टाचार भेट भएको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .