ad ad

खेल


नेपालले गुमायो लगातार चौथो विकेट, कुशल र रोहित आउट

नेपालले गुमायो लगातार चौथो विकेट, कुशल र रोहित आउट

फाइल तस्बिर : रोहित पाैडेल


नेपालखबर
असोज १६, २०८० मंगलबार ९:३४, काठमाडौँ

चीनको हाङजाओमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा नेपालले लगातार चौथो विकेट गुमाएको छ। 

भारतसँगको प्रतिस्पर्धामा लगातार विकेट पतनसँगै नेपाली टोली दबाबमा आएको छ। 

२२ बलको सामना गरेका कुशल मल्लले २ चौका र २ छक्का मद्दतमा २९ रन बनाउँदा आउट भए। 

फाइल तस्बिर : कुशल मल्ल

११औं ओभरको चौथो बलमा मल्ललाई गुमाएको नेपालले त्यही ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेललाई पनि गुमायो। 

कप्तान रोहित ३ रनमा एलबीडब्ल्यू धरापमा परे। 

नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको हो। योसँगै नेपालले दुवै ओपनरक गुमाएको छ। 

२८ रन बनाएका भुर्तेल ८.५ ओभरमा साइ किशोरको बलमा आवेश खानको हातबाट क्याच आउट भए। ३२ बलको सामना गरेका भुर्तेलले ४ चौका र १ छक्का हाने। 

त्यसअघि नेपालका ओपनर आशिफ शेख १० रनमा आउट भएका थिए। आशिफ ३.४ ओभरमा अभेष खानको बलमा विकेट किपरको हातबाट क्याच आउट भए। 

२ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभरको खेल जारी रहँदा ४ विकेट गुमाएर ८३ रन बनाएर खेलिरहेको छ। 

त्यसअघि झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .