ad ad

राजनीति


प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन सक्नुभएन : योगेश भट्टराई

प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन सक्नुभएन : योगेश भट्टराई

नेपालखबर
असोज १४, २०८० आइतबार २१:५३, काठमाडौँ

नेकपा(एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा दुई देशका बीचमा उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको बताएका हुन्। 

उनले भ्रमणका क्रममा ताइवान र तिब्बतको मुद्दामा चिनलाई विश्वस्त नसकिएको बताए। उनले बीआरआई परियोजना चीनसँग नेपालको मुख्य एजेण्डा भएपनि सो एजेण्डामा प्रवेश नै नभएको बताए।

‘प्रधानमन्त्रीको चीन भ्रमणमा जे कुरामा हाम्रो सहमति हुनुपथ्र्यो। जुन मुद्दामा बहश हुनुपथ्र्यो त्यो भएन। सामान्य खुद्रा, मसिना कुराहरु भए। प्रधानमन्त्रीले तिर्थाटन पनि गर्नुभयो। छुट्टी पनि राम्रै मनाउनु भयो। तर मुख्यतयाः चिनसँग हाम्रो बिआरआईका सम्बन्धमा भएका सम्झौताहरुको कार्यान्वयन हो,’ उनले भने, ‘त्यो चाहीँ देखिनेगरी केही पनि भएन। त्यसको अर्थ चिनसँग जुन ढंगले हामीले गम्भिरताका साथ डिलिङ गर्नुपथ्र्यो त्यो डिलिङ हुन सकेन। नेपाल प्रति चिनका कतिपय आशंकाहरु छन्। ति आशंकाहरुमा हामीले विश्वास दिलाउनुपथ्र्यो। त्यो विश्वास दिलाउन प्रधानमन्त्रीको भ्रमणबाट सकियो जस्तो मलाई लाग्दैन।’

त्यस्तै नेपालको चुच्चे नक्शा, लिपुलेक, लिम्पियाधुरामा भारत र चिनबीच भएको सहमति लगायतका विषयमा पनि भ्रमणमा कुरा हुन नसकेको भन्दै उहाँले चीनसँग गम्भिरताका साथ ‘डिलिङ’ हुन नसकेको बताए।

‘कताकता सरकार अरु कुनै शक्ति राष्ट्रको प्रभावमा ज्यादा परेर चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकिएको जस्तो देखिन्छ। यो भ्रमणले त्यसमा कुनै सफलता प्राप्त गरेको देखिदैनँ। बीआरआई चिनसँगको मुख्य एजेण्डा हो। तर त्यो एजेण्डामा प्रवेश गरेको छैन। लिपुलेक, लिम्पियाधुरामा भारत र चिनले बसेर गरेको सहमतीमा नेपाललाई इग्नोर गरेको छ। त्यो विषय उठाउनुपर्ने छ। हाम्रो चुच्चे नक्शाको बारेमा चिनले जारी गरेका आफ्नो आधिकारिक नक्साहरुको बारेमा कुरा उठाउनुपर्ने थियो त्यो उठेको छैन। ताइवान, तिब्बतको मुद्दामा हामीले जसरी विश्वस्त बनाउनुपथ्र्यो चिनलाइ, त्यो बनाउन प्रधानमन्त्रीको भ्रमणले सकेजस्तो लाग्दैन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .