ad ad

समाज


मिर्चैयामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २३ घाइते

मिर्चैयामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २३ घाइते

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०८० सोमबार ५:३६, काठमाडौँ

सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु २३ जना घाइते भएका छन्।

आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटनामा परेको हो। 

दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका- २० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया-२ का ४३ वर्षीय राजकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

बसको स्प्रिङ पट्टा भाँचिएर बस दुर्घटनामा परेको चालकले बताएका छन्। दुईजनाको घटनास्थलमै मृत्यु भएको हो। 

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .