ad ad

राजनीति


शब्दकोशबाट ॐ शब्द हटाउन खोजिए अस्वीकार्य : राप्रपा

शब्दकोशबाट ॐ शब्द हटाउन खोजिए अस्वीकार्य : राप्रपा

नेपालखबर
असोज १४, २०८० आइतबार १९:५४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली शब्दकोशबाट ॐ शब्द हटाउन खोजिएको भन्दै आपत्ति जनाएको छ।

सो सम्बन्धी सत्यतथ्य बुझ्न राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् संसदीय दलका उपनेता बुद्धिमान तामाङको नेतृत्वमा गएको पार्टीको टोलीले आज नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भुपाल राइसँग भेटघाट गरी छलफल गरेको छ।

समाचारमा आएका विषयमा कुनै सत्यता नभएको प्रज्ञा प्रतिष्ठानले राप्रपाको टोलीलाइ आश्वस्त तुल्याएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाएका छन्। त्यसअवसरमा राप्रपाले सम्मानित संस्थाहरुले आफ्नो साख भत्किन दिन नहुनेमा सजग हुनुपर्ने र स्थापित संस्थाहरूको विश्वसनीयता कायम हुनुपर्नेमा प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ।

‘ॐ केवल पवित्र ध्वनि मात्र होइन, यो अनन्त र सनातन शक्तिको श्रोत र प्रतीक पनि भएको र यो शब्द विश्वका प्रायः सबै मुख्य संस्कृतिसँग सम्बन्धित पनि भएकाले यो शब्दको संवेदनशीलतामाथि हुने खेलवाड अस्वीकार्य हुने’ राप्रपाले प्रष्ट पारेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .