ad ad

बागमती


काठमाडौँमा खाल्डोमा मोटरसाइकल खस्दा एकजनाको मृत्यु, अर्का गम्भीर घाइते

काठमाडौँमा खाल्डोमा मोटरसाइकल खस्दा एकजनाको मृत्यु, अर्का गम्भीर घाइते

रासस
असोज १४, २०८० आइतबार २०:१, काठमाडौँ

काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरको बागमती पुलनजिकै बन्दै गरेको पुलको खाल्डोमा मोटरसाइकल खस्दा एकजनाको मृत्यु भएको छ।

नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बाप्र०२-०३९ च ११९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खाल्डोमा खस्दा मोटरसाइकल पछाडि बसेका भक्तपुरको चाँगुनारायण नगरपालिका–४ का १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

उनका अनुसार मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-४ का २० वर्षीय सरोज गुरुङको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनको दाहिने खुट्टा भाँचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। 

चालक गुरुङले मापसे गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा उक्त दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .