ad ad

राजनीति


रविको कटाक्ष : संविधान दिवस त दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिन पो रहेछ

रविको कटाक्ष : संविधान दिवस त दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिन पो रहेछ

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार १४:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालगञ्जका गुन्डा नाइके रिगल भनिने योग ढकाललाई संविधान दिवसका दिन बाँकी सजाय माफी मिनाहा गरि रिहा गरेकोमा आक्रोश पोखेका छन्। 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकका क्रममा उनले नेपाली कांग्रेसनिकट तरुण दलका कार्यकर्तासमेत रहेका ढकाललाई सरकारले माफी मिनाहाको सिफारिस गरेर राष्ट्रपति रामचन्द्र पौडेलले रिहा गरेकोमा आपत्ति जनाएका हुन्। 

‘राष्ट्रपतिले असोज ३ गते काठमाडौंमा रात्रिभोजको आयोजना गर्नु भएको थियो। त्यस दिन म सहभागी हुन पाइनँ। त्यही दिन रोल्पाको एक परिवारको घरमा ढिंडो खाँदै थिएँ’, उनले भने, ‘तर संविधान दिवस त दिनदहाडै मान्छे काट्नेलाई उन्मुक्ति दिनु पो रहेछ।’ 

उनले रिगललाई माफी मिनाहा दिन पहल गरेको नेपाली कांग्रेसमा आफू कहिल्यै संलग्न नभएकोमा खुसी व्यक्त गरे।

‘म खुसी छु त्यो पार्टीको जुठो कहिल्यै खानु परेन’, सत्तारुढ कांग्रेसप्रति कटाक्ष गर्दै उनले भने, ‘हामीले ल्याएको संविधान दिवस त ज्यानमारालाई रिहा गर्न पो रहेछ। संविधान दिवसका दिन गरिएको उक्त निर्णय घोर विरोध गर्छु। दिउँसै मानिस काटेर आजीवन जेल गएकोलाई उन्मुक्ति दिने यो कस्तो दिवस, यो कस्तो सरकार?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .