ad ad

राजनीति


सुन तस्करीबारे छानबिन गर्न तीन सदस्यीय आयोग बनाउने सहमति, आजै संसद्लाई जानकारी दिइने

सुन तस्करीबारे छानबिन गर्न तीन सदस्यीय आयोग बनाउने सहमति, आजै संसद्लाई जानकारी दिइने

फाइल तस्बििर


नेपालखबर
असोज १४, २०८० आइतबार १२:९, काठमाडौँ

सरकार र प्रमुख प्रतिपक्षी दलहरुबीच आइतबार भएको छलफलले नेपालमा भइरहेको सुन तस्करीबारे  छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने सहमति भएको छ।

नेकपा एमालेका सचेत महेश बर्तौलाले बालुवाटारमा भएको बैठकमा तीन सदस्यीय उच्चस्तरीय आयो बनाउने निर्णय भएको जानकारी दिएका छन्।

उनका अनुसार उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरिँदैछ।

त्यसका लागि सरकारले मन्त्रिपरिषद्को बैठक बसेर तीन सदस्यीय समिति गठन गर्ने निर्णय लिने छ। उक्त समिति गठन भएको जानकारी सरकारले आजै संसदलाई दिने भएको छ। 

त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। उक्त बैठकले आयोग गठन गर्ने निर्णय लिनेछ। 

‘सरकारले आजै मन्त्रिपरिषद् बैठक बोलाएर यसबारे निर्णय गर्नेछ’, उनले भने, ‘उक्त बैठकको निर्णय आजैको संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनाउनु हुनेछ। आयोग गठनको निर्णयलाई हामीले सकारात्मक मानेका छौँ। सुन तस्करीबारे उठेका सबै जिज्ञासाको आयोगले उत्तर दिन सक्ने विश्वास हाम्रो छ।’

बर्तौलाका अनुसार २०७ फागुनमा इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर गरिएको नौ केजी सुन तस्करी र गत साउन ३ गते मोटरसाइकलको ब्रेक-सुमा राखेर ल्याइएको करिब ६१ केजी सुनबारे आयोगले छानबिन गर्नेछ। 

‘यी दुई बाहेक पटकपटक तस्करीको विषयलाई सरकारका विभिन्न निकायबाट भएका छानबिन र अनुसन्धानको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र त्यसमा संलग्नहरुबारे थप अनुसन्धान गर्नुपर्ने देखिएमा आवश्यक छानबिनपछि कारबाहीका लागि सिफारिस गर्ने सहमति भएको दलहरुबीच जुटेको छ’, बर्तौलाले भने। 

उता नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि सरकारमा रहेका र प्रतिपक्षी दलहरुबीच आयोग गठनको सहमति भएको बताउँदै आजै यसबारे संसद्लाई जानकारी गराइने उल्लेख गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .