ad ad

समाज


पोखराको फुस्रेखोलामा १४ वर्षीय किशोर मृत फेला

पोखराको फुस्रेखोलामा १४ वर्षीय किशोर मृत फेला

नेपालखबर
असोज १४, २०८० आइतबार १२:१७, काठमाडौँ

कास्कीको पोखरा महानगरपालिका- १७ स्थित फुस्रेखोलामा एक किशोर मृत फेला परेका छन्।

शनिबार दिउँसो खोलाको ढुंगामा अड्किएको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले प्रारम्भिक अनुसन्धानपछि शव पोष्ट मार्टमको लागि गण्डकी अस्पतालमा लगेको छ। 

तत्काल शवको सनाखत हुन सकेको थिएन। पछि आफन्त सम्पर्कमा आएको कास्की प्रहरीले जानकारी दिएको छ। 

उक्त शव पोखरा महानगरपालिका- १७ बिरौटा हनुमान टोलका १४ वर्षीय क्षितिज बस्यालको रहेको प्रहरीले जनाएको छ।

आमा-बुवा बिदेश रहेका किशोर ठूली आमासँग बस्दै आएका थिए। उनको शवको सनाखत ठूली आमाले गरेकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .