राजनीति


राष्ट्रपति भण्डारीसँग सापकोटाले लिए सभामुखको शपथ

राष्ट्रपति भण्डारीसँग सापकोटाले लिए सभामुखको शपथ

नेपालखबर
माघ १३, २०७६ सोमबार ६:२३,

आइतबार सभामुखमा निर्वाचित भएका अग्नि सापकोटाले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सापकोटाले सभामुखको शपथ लिएका हुन्।

शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए।

सापकोटाको शपथसँगै प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ। सापकोटा आइतबार निर्विरोध निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad