आइतबार राति भएको उक्त आक्रमणमा एक जना घाइते भएको अमेरिकी अधिकारीहरुले सीएनएनलाई बताएका छन्।
अमेरिकी राज्य विभागले अमेरिकी दूतावासको कम्पाउन्डमा आक्रमण भएको पुष्टि गरेको छ।
विभागले आइतबार राति नै इराकलाई अमेरिकी कुटनीतिज्ञको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ।
अमेरिकाले यसपटक भने आक्रमण कसले गर्यो भनेर प्रतिक्रिया जनाएको छैन।
हालैमात्र इरानले इराकस्थित सैन्य बेस क्याम्पमा आक्रमण गरेको थियो। दुवैबीच यतिबेला तनाव बढेको छ।
इराकी प्रधानमन्त्री अदिल अब्दुल महदीले आक्रमणको निन्दा गर्दै आफ्ना सेना अमेरिकी दूतावासमा सुरक्षाको लागि पठाएका छन्। एजेन्सी

प्रतिक्रिया