राजनीति


परराष्ट्र नीतिबारे पहिलोपटक ‘राष्ट्रिय संवाद’ सुरु, यी ४ विषयमा छलफल हुँदै

परराष्ट्र नीतिबारे पहिलोपटक ‘राष्ट्रिय संवाद’ सुरु, यी ४ विषयमा छलफल हुँदै

नेपालखबर
असार १४, २०७६ शनिबार ४:४,

मुलुकले अवलम्बन गर्नुपर्ने परराष्ट्र नीतिबारे साझा दृष्टिकोण तयार पार्ने उद्देश्यले सरकारले पहलोपटक आज (शनिबार) राष्ट्रिय संवाद आयोजना गरेको छ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)ले नक्सालस्थित काठमाडौं म्यारियट होटलमा आयोजना गरेको संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

कार्यक्रम नेपालका राजनीतिक दलहरू, परराष्ट्र मामिला क्षेत्रमा अध्ययन अनुसन्धानरत संस्थाहरू एवं परराष्ट्र मामिला विज्ञहरू सहभागी छन्।

उक्त संवादको उद्घाटन सत्र १ घन्टा चल्नेछ। उक्त सत्रलाई प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले सम्बोधन गर्नेछन्।

कार्यक्रमममा मुख्यतया ४ वटा विषयमा छलफल हुनेछ।

कार्यक्रममा 'परिवर्तित भू-राजनीति : छिमेकी र मुख्य शक्ति राष्ट्र', 'आर्थिक कूटनीति : अभिमुखीकरण र प्राथमिकता', 'बहुपक्षवादको रक्षा तथा क्षेत्रीय सहयोगको प्रवद्धन' र 'जलवायु परिवर्तन तथा श्रमिक प्रवासन' गरी ४ विषयमा अन्तरक्रिया हुने आयोजकले जनाएको छ।

65818267 2479616675604754 8612386606554284032 n

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad