शनिबार बिहान लिखु तामाकोशी गाउँपालिका–१, दुरागाउँको गुरुवाङमा ना ४ च ६२०५ नम्बरको जीप सडकबाट तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा जीप चालक क्याल्वु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार भट्टराईले जानकारी दिए।
दुर्घटनामा दुरागाउँकै वध्यक्ष निङमार तामाङ घाइते छन्। उनको अबस्था खतरामुक्त रहेको भट्टराईले बताए।
तामाङको दुरागाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

प्रतिक्रिया