संसद्का नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा हालिएको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ।
सभामुख चयन प्रक्रिया चलिरहेका बेला नेकपा नेता सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत शुक्रबार दर्ता गराएका रिट न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको हो।
आइतबार तोकिएको रिटको पेसी न्यायाधीश हरिप्रसाद फुँयालले हेर्न नमिल्ने भएपछि आजका लागि सरेको हो।
आइतबार मात्रै प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित सापकोटाले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै छन्।
याे पनि :
-अग्नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश फुँयालले हेर्न नमिल्ने, सुनुवाइ सर्यो

प्रतिक्रिया