नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको बन्दसन्त्र अझै सुरु हुन सकेको छैन।
असोज ११ गते बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र दिउँसो ४ बजेसम्म पनि सुरु नभएको हो।
बिहान ८ बजेबाट सुरु हुने भनिएको अधिवेशन प्रतिनिधिहरुको परिचयपत्र वितरणलगायत काम समयमै नसकिएपछि ढिलो भएको थियो।
यस्तै, नयाँ नेतृत्वका लागि नेताहरुबीच कुरा नमिलेपछि बन्द सत्र पर धकेलिएको हो।
असोज १० गतेबाट सुरु भएको प्रदेश अधिवेशनमा एमाले महासचिव शंकर पोखरेल बन्द सत्रमै बस्ने योजना थियो। तर, बन्द सत्र सुरु नभएपछि उनी काठमाडौं फर्किएका छन्।
महासचिव पोखरेलले कर्णालीमा एमाले पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयन गर्न नसकिने भएपछि काठमाडौं फर्किएका नेताहरुले बताएका छन्।
कर्णालीमा महासचिवबीच नै दुई गुट बनेपछि सर्वसम्मत रुपमा नेतृत्व चयनमा समस्य देखिएको हो।
बिहीबार बिहानदेखि दिउँसो २ बजेसम्म महासचिव पोखरेलले पदाधिकारीका उम्मेदवार, अधिकांश एमाले केन्द्रीय सदस्य तथा कर्णाली १० वटै जिल्लाका जिल्ला अध्यक्षसँग छुट्टाछुट्टै बसेर काठमाडौं फर्किएको स्रोत भनाइ छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिवनिकट कालिकोटका मीनबहादुर शाहीलाई नै अध्यक्षमा प्रस्ताव गरेका थिए। तर महासचिव पोखरेलले आफ्ना प्रिय पात्र सल्यानका गुलावजंग शाहलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन्।
सकेसम्म पोखरेलले शाहलाई अध्यक्षमा सर्वसम्मत गर्ने गरि आन्तरिक तयारी थालेका थिए। त्यो सम्भावना हुन नसकेपछि बन्द सत्रमा ढिलाइ भएको प्रतिनिधिको गुनसो छ।
एमाले कर्णालीको बन्दसत्रस्थल




Shares

प्रतिक्रिया