कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभा र प्रतिनिधिसभाप्रति प्रश्न उठाउँदै विवादित अभिव्यक्ति दिएका छन्।
एक मेला उद्घाटनका लागि गृह जिल्ला रुकुम पश्चिममा पुगेका मुख्यमन्त्री शर्माले नेपाल पत्रकार महासंघले सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनमा नेपालका ऐन कानुन ठेकेदार र माफियाले बनाउने गरेको अनुभूति भएको जस्तो बताए।
रुकुम पश्चिमबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने मुख्यमन्त्री शर्माले सांसदहरुले बनाउने ऐन कानुनलाई माफियाहरुले बनाउने गरेको अभिव्यक्ति दिएपछि विवादमा परेका छन्।
रुकुम पश्चिमबाट तपाईं लगायत धेरै नेता मन्त्री-मुख्यमन्त्री भए पनि विकासका काम किन लामो समयसम्म हुन नसकेको भन्ने पत्रकारको प्रश्नमा उनले नेपालका कानुन ठेकेदार र माफियाले बनाउने गरेकाले विकास समयमै हुन नसकेको बताएका हुन्।
‘कहिलेकाहीँ मलाई के अनुभुति हुन्छ भने सार्वजजिक खरिद ऐन ठेकेदारले त बनाउँदैनन्, कहिले हाम्रो भूमिसम्बन्धी नीति भूमाफियाले त बनाउँदैनन्’, उनले भने, ‘स्वास्थ्यसम्बन्धी नीति मेडिकल माफियाले त बनाउँदैनन् हँ। कहिलेकाहीँ मलाई पनि यो अनुभूति हुन्छ।’
स्वास्थ्यसम्बन्धी नीति मेडिकल माफियाले त बनाउँदैनन् हँ pic.twitter.com/OIDqvd7DB1— Nepalkhabar (@nepalkhabar) September 28, 2023कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शर्माले भने :
Shares

प्रतिक्रिया