ad ad

राजनीति


अझै सुरु हुन सकेन एमाले बागमतीको चुनाव

अझै सुरु हुन सकेन एमाले बागमतीको चुनाव

एमाले बागमती अध्यक्ष पदका प्रमुख दुई उम्मेदवार मानिएका कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल


नेपालखबर
असोज ११, २०८० बिहिबार ११:१७, काठमाडौँ

नेकपा एमालेको बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) हुने भनिएको निर्वाचन अझै सुरु हुन सकेको छैन। 

बिहान ८ बजे नै सुरु गर्ने कार्यतालिका भए पनि तीन घण्टा बितिसक्दा समेत चुनावी प्रक्रिया सुरु नभएको केन्द्रीय सदस्य एवं अध्यक्षका प्रतिस्पर्धी कृष्णप्रसाद दाहालले बताए। 

बुधबार प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले चुनावी कार्यतालिका सार्वजनिक गर्दै बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म चुनाव हुने जानकारी दिएका थिए ।

निर्वाचनका लागि सार्वजनिक कार्यतालिका अनुसार बिहीबर बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान सुरु गर्ने भनिएपनि यो समाचार तयार पार्दासम्म मतदाताको अन्तिम नामावली समेत प्रकाशित गरिएको छैन ।  
अधिवेशनमा ११७४ मतदाता छन् ।

पहिलो पटक भएको अधिवेशनमा अध्यक्ष पदका पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन्।

जसमा वर्तमान अध्यक्ष नुवाकोटका केशव पाण्डे, मकवानपुरका दाहाल, रामेछापका कैलास ढुङ्गेल, काठमाडौंका सानु श्रेष्ठ, केदारबहादुर बुढाथोकी छन्।

यस्तै उपाध्यक्ष, सचिव, उपसचिव लगायतका पदमा पनि धेरैको उम्मेदवारी परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .