ad ad

समाज


संस्कृत विश्वविद्यालय र कानपुर विश्वविद्यालयले शैक्षिक सहकार्य गर्ने

संस्कृत विश्वविद्यालय र कानपुर विश्वविद्यालयले शैक्षिक सहकार्य गर्ने

दुई विश्वविद्यालयबीच भएको सम्झौता।


नेपालखबर
असोज ११, २०८० बिहिबार ११:५३, काठमाडौँ

नेपाल संस्कृत विश्वविद्यालय र भारतको उत्तर प्रदेश कानपुरस्थित छत्रपति साहुजी महाराज विश्वविद्यालयबीच शैक्षीक सहकार्य सम्झौता भएको छ।

बुधबार कानपुर विश्वविद्यालमा आयोजित एक समारोहमा ज्ञानको आदान प्रदान, अध्ययन अनुसन्धानमा सहकार्य, विभिन्नअन्तराष्ट्रिय गोष्ठी, सेमिनार आयोजना, संयुक्त शैक्षिक कार्यक्रम तयार गर्ने लगाय बुँदाहरुमा सम्झौता भएको हो। कानपुर विश्वविद्यालयको ३८औँ दीक्षान्त समारोहमा उक्त सम्झौता गरिएको हो।

सम्झौतापत्रमा कानपुर विश्वविद्यालयका कुलपति प्राध्यापक विनय कुमार पाठक र संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादव प्रकाश लामिछानेले हस्ताक्षर गरे।

उक्त कार्यक्रममा विश्व संस्कृत सम्मेलन आयोजक समितिका संयोजक एवम् नेसंवि अनुसन्धान केन्द्रका पूर्व निर्देशक डा. काँशीनाथ न्यौपाने, नेसंविका तर्फबाट सम्झौता कार्यान्वयन समितिका संयोजक एवम् अन्तराष्ट्रियसम्बन्ध समन्वयकर्ता डा. प्रेमराज न्यौपाने, कानपुर विश्वविद्यालयका तर्फबाट संयोजक डा. प्रभात कुमार द्विवेदी, नेसंविका उपप्राध्यापक दुर्गालाल केसी, उपकुलपति कार्यालयका उपप्रशासक विनयकुमार पोख्रेल र लेखा अधिकृत कमल पोख्रेल उपस्थित थिए।

सम्झौता कार्यक्रममा बोल्दै कानपुर विश्वविद्यालयका कुलपती पाठकले यस सम्झौताबाट नेपाल र भारतबीच शैक्षिक सहकार्य रविकासको ढोका खुलेको बताए।

उनले अब दुवै विश्वविद्यालय मिलेर ज्ञानको आदानप्रदान र अध्ययन अनुसन्धानका कामहरू अघि बढाइने बताए।

यसैगरी संस्कृत विश्वविद्यालयका उपकुलपति लामिछानेले संस्कृत शिक्षा र पूर्वीय दर्शनको विकासमा यो सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

नेपाल र भारतबीच शैक्षिक, प्राज्ञिक उन्नयनमा सहकार्य गर्न पाउनु गौरवको विषय भएको पनि उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .