राजनीति


मधेश प्रदेश सरकारको भ्रष्टाचारले संघीयता नै गन्हायो : प्रभु साह

मधेश प्रदेश सरकारको भ्रष्टाचारले संघीयता नै गन्हायो : प्रभु साह

नेपालखबर
असोज १०, २०८० बुधबार १७:५५, काठमाडौँ

आमजनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रदेशको भ्रष्टाचारका कारण संघीयता बदनाम भएको बताएका छन्।

लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरुमध्ये एक संघीयताले जनतालाई विकासको महसुस गराउनुपर्नेमा प्रदेश सरकारमा भ्रष्टाचारमा डुब्दा बदनामी मात्रै भएको साहले बताए।

उनले मधेश प्रदेश सरकारमा दिनदिनै भ्रष्टाचार बढ्दै जाँदा सिंगो संघीय प्रणाली नै लज्जित भएको बताए।

२०७४ सालको निर्वाचनपछि गठन भएको प्रदेश सरकारले भ्रष्टाचारमा रेकर्ड बनाएर मधेशको धर्तीलाई बदनाम गरेको उनले बताए। 

नेता साहले २०७९ को चुनावबाट गठित सरकारको भ्रष्टाचारको गतिले विश्वमा नै मधेशको नाममा कलंकित  बनाउने काम गरेको बताए।

‘तपाईं हामी सबैले लामो संघर्ष गरेर, बलिदानी दिएर देशमा सत्ता परिवर्तन गरेका हौँ। देशमा संघीयता आयो भने जनताको घरदैलो सम्म विकास पुग्छ भन्ने लागेको थियो र हुनुपर्ने पनि त्यही थियो’, उनले  भने, ‘तर संघीय प्रणालीअन्तर्गत बनेको प्रदेश सरकारले कीर्तिमानी भ्रष्टाचारले संघीयतालाई कलंकित बनाएको छ।’ 

मधेश प्रदेशमा ६ वर्षदेखि शासन गरिरहेका पार्टी र तिनका नेताले फैल्याएको भ्रष्टाचारको गन्धले संघीय संरचना नै गन्हाएको पनि बताएका छन्। 

‘मधेश प्रदेशमा व्याप्त भ्रस्टाचार अन्त्य गर्न आमजनताको शासन स्थापित ल्याएर मधेशको गौरव पुनः उठाउन तपाईं हामी एक हुनैपर्छ’, उनले भने,  ‘अनि मात्रै देशमा स्थिरता, स्थायित्व र विकास कायम गर्न सकिन्छ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता मुकेश कुमार यादव, सुरेश यादव, नेकपा एसका नेता सोगारथ राय, नेकपा एमालेका नेता बतहु ठाकुरलगायत आमजनता पार्टी प्रवेश गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad