ad ad

राजनीति


ई:लाई साथ दिन कमल थापा र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि पुगे

ई:लाई साथ दिन कमल थापा र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि पुगे

ई: को अभियानलाई सघाउन पुगेका थापा र पाण्डेसहितका नेता कार्यकर्ता


नेपालखबर
असोज ९, २०८० मंगलबार १२:०, काठमाडौँ

लगातार आठ दिनदेखि राष्ट्रियसभा गृहअगाडिको सडकमा उभिएर अनशनरत सामाजिक अभियन्ता ई:को पक्षमा समर्थन जुट्ने क्रम जारी छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग जवाफदेहिता माग्दै उभिएर अनशनरत ई:लाई मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि भेटेका छन्।

थापा र पाण्डेले अनशनस्थत राष्ट्रियसभा गृहअगाडिको सडकमा पुगेर ई:को आन्दोलनमा समर्थन जनाउँदै फुटपाथ र सडक खाली गर्ने नाममा गरिबलाई लखेट्न नहुने बताए। 

अध्यक्ष थापले  त्यसक्रममा ई:को साथमा एक्यवद्धता जनाउँदै भनेका थिए, ‘मलाई बालेन मनपर्छ, मलाई ई: मनपर्छ। ई: ले उठाएका मुद्दा जायज छन्।’

उनले त्यसक्रममा सडक र फुटपाथमा जथाभावी पसल थाप्न नमिल्ने बताउँदै तर राज्यले उनीहरूलाई व्यवसायका लागि उचित स्थान दिनुपर्ने उल्लेख गरे। 

‘यो राज्यको कर्तव्य हो। यो काममा महानगरपालिकाले सहजीकरण गर्नुपर्छ’, थापाले त्यसक्रममा भने। 

त्यस्तै पाण्डले ठेलागाडा, साइकल र परम्परागत मजदुरउद्यमीलाई लखेट्न नहुने बताएका छन्। उनले सडकबाट विस्थापित गर्दा विकल्प पनि खोजिनुपर्ने बताए।

यसअघि मंगलबार नै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले ई:लाई भेटेर वार्ताबारे कुरा गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .