ad ad

राजनीति


ई:को आन्दोलनबारे ओली भन्छन् : महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन

ई:को आन्दोलनबारे ओली भन्छन् : महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०८० मंगलबार १२:१४, काठमाडौँ

सामाजिक अभियन्ता ई:को आन्दोलनलाई लिएर ठूला राजनीतिक दलका नेताहरु पनि बोल्न थालेका छन्।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले कार्यकाल डेढ वर्ष पूरा गर्दै गर्दा उनका उपलब्धिबारे जवाफदेहिता माग्दै उभिएर अनशनरत ई:को आन्दोलनबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि बोलेका हुन्।

काठमाडौंकी उपमेयर सुनिता डंगोलले ई:लाई मंगलबार राष्ट्रिय सभागृहको सडकमा पुगेर भेटेपछि ओलीले अब वार्ताद्वारा कुरा मिल्ने आश पलाएको बताएका छन्।

‘हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडुन् भनेर फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैन होला, मेरो पनि छैन’, उनले भनेका छन्, ‘कुरा परम्परा देखि फुटपाथमा रोजिरोटीका लागि व्यापार गरिरहनु भएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने हो। फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो। असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औँ वर्षअघिदेखि यस्तो चलेको हामीले देखेका थियौँ।’ 

उनले पुराना किताब, इतिहास र कथाहरूमा असन र इन्द्रचोकको व्यापारका विषयमा पढ्न पाइने पनि खुलाएका छन्। 

ओलीले परम्परागत रुपमा चल्दै आएका कुरालाई एक्कासि परिवर्तन गर्न खोज्दा हुने खल्बलीलाई स्वभाविक र वैज्ञानिक भनेका छन्। 

‘ई:लाई उपमेयर (सुनिता डंगोल) ले भेट्नु भएको भन्ने सुनेँ। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ। दुवै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस्’, उनले भनेका छन्। 

ओलीले काठमाडौं महानगरबाट गरिबी हटाउने कुरालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। ‘हामीले महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन’, उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .