ad ad

राजनीति


महासमिति बैठकका लागि कांग्रेसमा विभिन्न समिति गठन

महासमिति बैठकका लागि कांग्रेसमा विभिन्न समिति गठन

नेपालखबर
असोज ८, २०८० सोमबार १९:२५, काठमाडौँ

नेपाली कांग्रेसले आगामी मंसिरका लागि तय महासमिति बैठकलाई लक्षित गरी विभिन्न समिति गठन गरेको छ।

महासमिति बैठकलाई नै नीति महाधिवेशनका रुपमा आयोजना गर्ने तयारीमा रहेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सोमबार सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ।

यस्तै पार्टीको नीतिसम्बन्धी प्रतिवेदन तयार पार्न उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति बनाइएको छ। महामन्त्री गगन थापाको नेतृत्वमा सांगठनिक प्रतिवेदन समिति तथा पूर्वमहामन्त्री कृष्ण सिटौलाको नेतृत्वमा समसामयिक राजनीतिक प्रतिवेदन निर्माण समिति गठन गरिएको छ।

कांग्रेस महासमिति बैठक आगामी मंसिर १३ देखि १५ सम्म गर्ने निर्णय यसअघिकै केन्द्रीय समिति बैठकले गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .