ad ad

समाज


इन्द्रजात्रा अवलोकन गर्न २० जना विदेशी पाहुना आउँदै

इन्द्रजात्रा अवलोकन गर्न २० जना विदेशी पाहुना आउँदै

फाइल फोटो


नेपालखबर
असोज ८, २०८० सोमबार १९:२९, काठमाडौँ

काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा मंगलवार (भोलि)बाट सुरु हुने भएको छ।

काठमाडौं महानगरपालिकाले सोमवार वसन्तपुरमा पत्रकार भेटघाट कार्यक्रम गरी सो पर्वको शुभारम्भ भोलिबाट हुने औपचारिक जानकारी गराएको हो।

जात्राका लागि इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा साामाजिक, सांस्कृतिक र धार्मिक क्रियाकलापहरु सञ्चालन भइरहेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।

उनले भने, ‘काठमाडौं महानगरपालिका र उपत्यकाको चिनारीसँग जोडिएको इन्दजात्रा भोलिबाट शुरु हुनेछ। जात्रा अन्तरगत वन प्रस्थान, लिंगो नगर प्रवेशलगायतका कर्महरु सम्पन्न भईसकेका छन्। जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्र जात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरपालिकाले सांस्कृति, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवद्र्धनको काम गरिरहेको छ। शान्ति सुरक्षा, सरसफाई, सम्पदाहरुको मर्मत संहार, रङरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत लगायतका काम गरिएको छ।’

जात्रामा सहभागी हुनका लागि २० जना विदेशी पाहुना आउनेछन्।

इन्द्रजात्रामा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा रही आएको छ। नेवारी समूदायले यो पर्वमा वर्षा र सहकालको देवताको रुपमा इन्द्रको पूजा आराधना गर्दछन्।

८ दिनसम्म विभिन्न नाचगान, रथयात्रा गरी यो पर्व मनाईन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .