नेकपा(एमाले)का सांसद रघुजी पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याथ थप गरिएकोप्रति आपत्ति जनाएका छन्।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको दोस्रो पटक म्याद थप गरिएकोप्रति आपत्ति जनाएका हुन्।
अधिकारी माओवादी जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका हुन्। उनले नेपाली सेनामा कुनै एक अधिकृतको दोस्रो पटक म्याद थप भएको यो पहिलो घटना भएको भन्दै यस विषयमा रक्षा मन्त्रीको जवाफ माग गरे।
‘कुनै नजिर आजसम्म थिएन नेपाली सेनामा यसरी राजनीतिकरण गरिएको। यहाँ किन राजनीतिकरणको प्रयास भयो भन्नुहुन्छ भन्दाखेरी उहाँ सहायक रथी हुनुहुन्थ्यो प्रक्रियाबाट केही आपत्ति थिएन,,’ उनले भने, ‘माओवादी पृष्ठभुमिबाट आएको जो समायोजन भएका छन् नेपाली सेनामा उनीहरूलाई पक्षपात गरिनु हुँदैन। तर पक्षपात, भेदभाव गरिनु हुँदैन भन्नुका साथसाथै उनीहरुलाई विशेष रुपले काखि च्याप्ने काम गरेर सेनामा अरुको मनोवल घटाउने र गलत नजर स्थापित गराउने काम हुनु हुँदैन। रक्षामन्त्रीले यस विषयमा जवाफ दिनुपर्छ।’
उनले माओवादीबाट नेपाली सेनामा आएकाहरुलाई पक्षपात र भेदभाव गर्नु नहुने तर विशेष रुपले काखि पनि च्याप्नु नहुने बताए।
दुई पटक म्याद थप गरेर सरकारले गलत नजिर स्थापित गराएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया