नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाई अंकित मेडालियन सिक्का सार्वजनिक गरेको छ।
१० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका सिक्का सार्वजनिक गरिएको हो।
राष्ट्र बैंकको टक्सार महाशाखाले पुराना मेशिनहरुलाई मर्मत सम्भार गरि मुद्रणसम्बन्धी काम सुरु गरेको छ। जसमा नयाँ सिक्का आज सार्वजनिक गरिएको हो।
१० ग्राम सिक्काको १ हजार ६ सय र २५ ग्राम सिक्काको ४ हजार रुपैयाँ मूल्या निर्धारण भएको छ। दुवै सिक्का ९९९ टचको चाँदीको प्रयोग भएको छ।
150
Shares

प्रतिक्रिया