राजनीति


सरकार छ भन्ने कुरा जनताले थाहा पाउन छाडे : मुक्ताकुमारी यादव

सरकार छ भन्ने कुरा जनताले थाहा पाउन छाडे : मुक्ताकुमारी यादव

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०८० शुक्रबार १५:५९, काठमाडौँ

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मुक्ताकुमारुी यादवले देशमा सरकार छ भन्ने कुरा जनताले थाहा पाउन छाडेको बताएकी छन्।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार बोल्ने क्रममा उनले अहिलेको सरकारको गतिविधि पटक्कै राम्रो नभएको टिप्पणी गरिन्।

‘हाम्रो पार्टी पनि गठबन्धन सरकारमा छ। तर मन्त्रालयको काम पटक्कै राम्रो भएन। मन्त्रीहरुले के गर्दैछन् जनताले थाहा पाएनन्’, उनले भनिन्, ‘गठबन्धन सरकारको अनुभूति जनताले गर्न पाएनन्। सरकार छ भन्ने सन्देश पनि जनताले पाएनन्।’

उनले संघीय राजधानीमै दिनदहाडै कांग्रेस सह-महामन्त्री महेन्द्र यादवलाई खुकुरी हानिएको प्रसंग झिक्दै यसले सरकारको निकम्मापन छ्याङ्गै पारेको उल्लेख गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad