ad ad

राजनीति


गोविन्दराज पोखरेलको प्रश्न : चुच्चे नक्सा उत्तर र दक्षिण दुवैले स्वीकारेनन्, सरकार के हेर्दैछ?

गोविन्दराज पोखरेलको प्रश्न : चुच्चे नक्सा उत्तर र दक्षिण दुवैले स्वीकारेनन्, सरकार के हेर्दैछ?

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०८० शुक्रबार १३:२३, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल नेपालले २०७७ जेठमा जारी गरेको चुच्चे नक्सलाई उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारत दुवैले नस्वीकारेको बताएका छन्। 

शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै पोखरेलले नेपालले भारतद्वारा मिचिएको आफ्नो भूमि समेटेर जारी गरेको चुच्चे नक्सा दुवै छिमेकी शक्तिराष्ट्रले नस्वीकारेको बताएका हुन्। 

‘नेपालको चुच्चे नक्सा न त दक्षिणले न त उत्तरले स्वीकारको देखिएन’, उनले भने, ‘किन कूटनीतिक रणनीतिमा हामी असफल नभएका छौँ? हामीलाई हाम्रा कमजोरीले बाह्यक्षेत्रले किन गम्भीर रुपमा लिन छोड्यो? पार्टी र सरकारले यसलाई गम्भीर रुपमा लिनु पर्ने देखियो।’

पोखरेलले देशको सामाजिक सदभाव बिग्रिने गरी अनेक गतिविधि भइरहेका बताउँदै यसतर्फ सरकारको ध्यान जानुपर्ने उल्लेख गरे।

गठबन्धन सरकारमा कांग्रेससमेत हुँदा पनि शिक्षाक्षेत्रमा गन्जागोल अवस्थामा रहेको उनले बताए। ‘शिक्षकहरु आन्दोलित छन्, पार्टी सरकारमा छ तर किन यस्तो भएको छ? कमसेकम घनिभूत वार्ताको माहोल बनाउनेतिर लागौँ’, उनले अगाडि भने, ‘विगतमा जस्तो संसद्‍मा नेपाली कांग्रेसको उपस्थिति ओझिलो देखिएको छैन, किन? सरकारका हरेक गतिविधिलाई मुकदर्शक भएर बसिएको छ। आर्थिक, सामाजिक र राजनितिक मुद्दाहरु जोडदार रुपमा किन उठेनन्?’

उनले विदेश गएकाहरुले रेमिटेन्स पठाएर अर्थतन्त्रको बाह्य पक्ष राम्रो देखिए पनि आन्तरिकरुपमा आर्थिक गतिविधि निराशाजनक रहेको बताए। 

‘प्रत्येक दिन उद्यम गर्ने मानिसहरुले आत्महत्याको बाटो रोजेका खबरहरु आइरहेका छन्’, उनले भने, ‘बैंकमा ५ खर्ब थन्किएको छ, विभिन्न कारणले, सरकारले र राष्ट्र बैकले नीतिगत विकल्प दिएका छैनन्।’

पोखरेलले परम्परागत रुपमा कांग्रेसको अर्थमन्त्री हुँदा बजारले सकारात्मक सन्देश दिने गरेकव बताउँदै तर त्यसको उल्टो र नकारात्मक भइरहेकोमा प्रश्न उठाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .