ad ad

खेल


एसियाली खेलकुद : टेबल टेनिसतर्फ प्रारम्भिक चरणमै हारे नेपाली महिला र पुरुष टोली

एसियाली खेलकुद : टेबल टेनिसतर्फ प्रारम्भिक चरणमै हारे नेपाली महिला र पुरुष टोली

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०८० शुक्रबार १३:२९, काठमाडौँ

१९ अ‍ौँ एसियाली खेलकुदअन्तर्गत टेबल टेनिसको प्रारम्भिक चरणको पहिलो दिन महिला र पुरुष दुवैले टिम इभेन्टमा नेपालीले हार भोगेका छन्। 

शुक्रबार भएको समूह चरणको पहिलो दिन पुरुषतर्फ नेपालले जापानसँग ३-१ ले हार भोगेको हो। 

नेपालका १७ वर्षीय रुविन महर्जनले तोमोकाजु हारिमोटोविरुद्ध पहिलो सेट जित्दै राम्रो सुरुवात दिलाएका थिए।

जापानविरुद्ध नेपालका कुनै पनि खेलाडीले सेट जितेको यो पहिलो अवसर पटक हो। 

पहिलो सेट ११-६ ले जितेका रुविन त्यसपछि भने ११-२, ११-३ र ११-५ ले पराजित भए।

संयोग कपालीले माहारु योशीमुरासँग ११-७, ११-३ र ११-७ को हार भोगे। विलोश श्रेष्ठले सुन्सुके तोगामीसँग ११-६, ११-३र ११-३ को पराजय भए।

हान्झाउस्थित गोङ्सु क्यानल जिम्नेजियममा नेपाली महिला टोली सिंगापुरसँग ३-० ले पराजित भयो। पहिलो खेलमा नेपाल नम्बर १ नविता श्रेष्ठ जिंगी झोउसँग ११-४, ११-३ र ११-४ ले पराजित भइन्।

दोस्रो खेलमा सिक्का सुवाल जियान जेंगसँग ११-१, ११-२ र ११-४ ले तथा  तेस्रो खेलमा इभाना थापा मगर ११- , ११-७ र ११-४ ले पराजित भए। 

समूह चरणमा नेपालले शनिबार बिहान नेपालले महिलातर्फ भारत र पुरुषतर्फ उत्तर कोरियासँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .