ad ad

राजनीति


सेनाको स्पष्टीकरण : यमबहादुर अधिकारीको पदावधि थप नियम अनुसार

सेनाको स्पष्टीकरण : यमबहादुर अधिकारीको पदावधि थप नियम अनुसार

नेपालखबर
असोज ४, २०८० बिहिबार १५:५८, काठमाडौँ

नेपाली सेनाले विशेष पदमा कार्यरत सहायक रथी यमबहादुर अधिकारीको पदावधि नियम अनुसार नै थप भएको स्पष्ट पारेको छ।

माओवादी लडाकुबाट नेपाली सेनामा समायोजन भएका अधिकारीको नियम मिचेर मन्त्रिपरिषदले तीन वर्ष पदावधि थपेको अनेर आलोचना भइरहेका बेला सेनाले यस्तो स्पष्टीकरण दिएको हो।

‘नेपाली सेनामा सहायक रथीको विशेष पदमा कार्यरत स.र यमबहादुर अधिकारीको पहिलो चार वर्षे पदावधि समाप्त हुने मिति २०८० भाद्र ३१ गतेबाटै लागू हुने र सहायक रथी दर्जाको विशेष पदलाई निरन्तरता दिने गरि दोश्रो ३ (तीन) वर्षको पदावधि थप भएको छ’ जंगी अड्डाले विज्ञप्ति निकालेर भनेको छ, ‘पदावधि थप सम्बन्धी नियमित प्रक्रिया अनुरुप नै सैनिक ऐन तथा नियमावलीको आधारमा यो निर्णय भएको हो।’

माओवादी लडाकुबाट नेपाली सेनामा समायोजन भएकामध्ये अधिकारी सबैभन्दा माथिल्लो तहका हुन्। यसअघि सहायक रथीको चार वर्षे कार्यकाल सकिएकै दिन सरकारले उनलाई थप तीन वर्ष पदावधि थपेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .