ad ad

राजनीति


गगनको आग्रह : शिक्षा विधेयकका कमजोरी सच्याउँछौँ, विद्यालय बन्द नगरौँ

गगनको आग्रह : शिक्षा विधेयकका कमजोरी सच्याउँछौँ, विद्यालय बन्द नगरौँ

फाइल तस्बिर


नेपालखबर
असोज ४, २०८० बिहिबार ११:३२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा विधेयकका रहेका कमजोरी सच्याउन तयार रहेको बताएका छन्।

देशभरका शिक्षकहरुले संघीय राजधानी काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त हुनेगरी दुई दिनदेखि आन्दोलन चर्काएपछि सत्तारुढ दलका महामन्त्री थापाले यस्तो बताएका हुन्। 

उनले शिक्षा विधेयकमा अनेक कमजोरी सुधारेर मात्रै पास गर्नुपर्ने पनि बताएका छन्। 

‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ’, उनले भनेका छन्, ‘विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीलाई संसद्‍बाट सच्याउन सकिन्छ।  संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो।’

उनले विधेयकबारेमा सबैसँग घनिभूत छलफल गर्ने पनि बताएका छन्। ‘हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ’, उनले भनेका छन्, ‘आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवम् विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौँ।’

उनले सांसद्‍को भूमिका एवम् विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न पनि उनले शिक्षकहरुलाई भनेका छन्। 

‘विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु’, उनले भनेका छन्।

शिक्षकहरु आन्दोलित भएपछि बिहीबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन पनि ठप्प भएको छ।

आधा शिक्षक काठमाडौंमा आएका छन्  भने अन्य शिक्षक विद्यालयमै हाजिरपछि पेन डाउन गरेर बस्दा पठनपाठन ठप्प भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .