राजनीति


प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता

नेपालखबर
असोज ४, २०८० बिहिबार ७:०, काठमाडौँ

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्रसंघ मुख्यालयमा भेटवार्ता भएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको छ। 

दुई प्रधानमन्त्रीबीच भएको भेटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी थिए।

प्रधानमन्त्री दाहालले राष्ट्रसंघका फोरममा भेटघाट तथा सम्वादलाई निरन्तरता दिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .