राजनीति


संविधान निर्माणमा नेम्वाङको भूमिका भुल्न सकिँदैन : एमाले उपाध्यक्ष शाक्य

संविधान निर्माणमा नेम्वाङको भूमिका भुल्न सकिँदैन : एमाले उपाध्यक्ष शाक्य

नेपालखबर
असोज २, २०८० मंगलबार २२:५, काठमाडौँ

नेकपा (एमाले)उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपालको संविधान निर्माणदेखि जारी गर्दासम्म सुवास नेम्वाङको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छिन्।

गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले स्पष्ट अडान, सिष्ट र अन्य पार्टीका नेतालाई समेत सन्तुलनमा राख्नसक्ने नेम्वाङको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताइन्।

सङ्घीय लोकतन्त्रलाई बलियो बनाउन लोकतन्त्रवादी पार्टी एकजुट भएर अगाडि बढ्न जरुरी भएको बताउँदै उपाध्यक्ष शाक्यले निषेधको राजनीतिले समाजवादको लक्ष्य प्राप्त गर्न नसकिने बताइन्।

‘देश बनाउनका लागि लोकतान्त्रिक पार्टी एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन, हामीले बनाउन सकेनौँ भने देशमा अस्थीरता पैदा हुन्छ,’ उनले भनिन्। 

प्रदेश कानुन र संविधान कार्यान्वयनका साझा मुद्दा समाधान गर्न निषेधको राजनीतिले अवरोध सिर्जना गर्ने भनाइ उनको छ। 

त्यस्तै एमाले सचिव गोकर्ण विष्टले धैर्यवान, सोचविचार गरेर बोेल्ने, शान्त स्वभाव र विद्वान सुवासचन्द्र नेम्वाङको निधनले पार्टीलाई अतुलनीय क्षति मात्र हैन, उनीजस्तो नेता पाउन मुस्किल पर्ने बताए। 

सबै पार्टीलाई मिलाएर अन्तिम अवस्थामा संविधान जारी गरेर नेपाली जनताको लोकतान्त्रिक आन्दोलनलाई सफल पार्ने नेम्वाङको बाटो एमालले अगाल्नुपर्नेमा उनको जोड थियो। 

एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण भइरहेको अवस्थामा लोकतान्त्रिक पार्टीहरु एकजुट भएर गणतन्त्रलाई बलियो बनाउनेपर्ने भनाइ राखे। 

पछिल्लो समय राजावादीको नाउँमा राप्रपाले लोकतन्त्रमाथि आक्रमण गरेको आरोप पनि उनको थियो।

एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले देशविदेशबाट दबाब सिर्जना भइरहँदासमेत अन्तिम घडीमा संविधान जारी गरेर नेपाली जनताको भविष्य उज्वल पार्ने नेता सुवासचन्द्र नेम्वाङलाई सधैँभरि सम्झनुपर्नेमा जोड दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad